२२ भाद्र, पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गर्नुभएकाे छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भाेकाे बालककाे तस्वीर राख्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभएकाे छ ।
कोरोना महामारीका कारण सरकारले लाखाैँ जनताकाे गाँसबासकाे पर्वाहै नगरी निषेधाज्ञा र लकडाउन गरिरहेकाे तर्फ उहाँले कटाक्ष गर्नुभएकाे छ । धेरैकाे राेजीराेटी खाेसिएकाे र आमजनता जीवन-मरणको लडाईमा रहेको बताउँदै भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ- ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?
सरकारले बेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद जिन्सी राहतको व्यवस्था गर्नुपर्ने, नभए सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आ-आफ्ना व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उहाँकाे भनाइ छ ।
Comments are closed.