Nepal's First Video FM

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

840

चितवन- पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय  बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव सोमबार दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा  घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणपछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ ।

घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए । घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्तिसहित घटना स्थलमा पुगेका थिए ।

You might also like

Comments are closed.