Nepal's First Video FM

इटाली र नेदरल्यान्ड्स भिड्दै, कुन टिम कति बलियो ?

17

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबलमा आज नेदरल्यान्ड्स र इटाली भिड्दै छन् ।

नेपाली समयानुसार मंगलबार बिहान १२:३० बजे (सोमबार मध्यरात) सुरु हुने खेलमा दुबै टोली जितको खोजीमा छन् ।

नेदरल्यान्ड्सले शुक्रबार भएको पहिलो खेलमा पोल्यान्डलाई १-० ले पराजित गरेको थियो । यता इटालीले भने पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो ।

रोनाल्ड कोम्यान बार्सिलोना गएपछि नेदरल्यान्ड्सको जिम्मेवारी ड्वाइट लोदेवेजेसले सम्हाल्दै आएका छन् । अघिल्लो सिजन उपविजेता बनेको नेदरल्यान्ड्स यसपटक एक कदम अगाडी गएर उपाधि जित्न चाहन्छ । इटालीविरुद्ध जित हात पारे समूहमा स्पष्ट अग्रता बनाउने अवसर डच टोलीलाई छ ।

इटालीले भने अनुभवी डिफेन्डर जिओर्जियो किएलिनीलाई उतार्न सक्छ । अघिल्लो खेलमा प्रशिक्षक रोबर्टो मान्चिनीले किएलिनीलाई खेलाउने तयारी गर्दागर्दै गल्तिले फ्रान्सेस्को एचेरबीलाई खेलाएको स्वीकारेका थिए ।

यी दुई टोली अहिलेसम्म चारपटक आमने समाने हुदा हल्यान्ड जित विहीन छ । इटलीले २ खेल आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ ।

पछिल्लोपटक यी दुई टोलीले २०१८ जुनमा मैत्रीपुर्ण खेल खेल १–१ गोलको बराबरी खेलेको थियो । इटली हल्यान्डसँग अपराजित रहने दाउमा रहँदा हल्यान्ड इटलीलाई हराउने लक्ष्यसाथ उत्रनेछ ।

समूह ए १ कै अर्को खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्ज गोभिनाको खेल राति १२:३० बजे नै हुँदैछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.