माघ ११ , लिभरपुलबाट १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना आएका ब्राजिलियन मिडफिल्डर फिलिप कौटिन्होले १४ नम्बर जर्सी लागाउने निश्चित भएका छन् । स्टार जोर्डी क्रुफ र थेएरी हेनरी जस्ता पूर्व स्टारले लागिसकेका १४ नम्बर जर्सी हालै भने जाभियर मासेरानोले लगाउँदै आएका थिए । उनले क्लब छाडेपछि २५ बर्षिया मिडफिल्डरले लागेका हुन् ।
बिहीबार इस्पानियोलविरुद्ध कोपा डेल रे क्वार्टरफाइनलको दोस्रो लेगमार्फत डेब्यु गर्ने तयारिमा रहेका फिलिप कौटिन्हो यो साता फिटनेसमा ध्यान दिरहेका छन् । इस्पानियोलले बार्सिलोनालाई पहिलो लेगमा १ -० ले पराजित गरेको थियो । ह्यामस्ट्रिङ समस्याका कारण उसमाने डेम्बेले इस्पानियोलविरुद्ध खेल्ने छैनन् भने आन्द्रेय इनियस्टा, पाको अल्सासेर र थोमस भर्मालिन पनि खेल्नेमा शंका छन् ।
Prev Post
You might also like
Comments are closed.