काठमाडौं – सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् ।
मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।
३ वर्ष अगाडि तत्कालीन भूमि सुधार मन्त्री गोपाल दहितले जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । कृषियोग्य जमिनमा प्लटिङ बढेर जग्गा खण्डिकरण बढेको भन्दै कित्ताकाटमा लगाइएको प्रतिबन्ध ३ वर्षपछि हटाइएको हो ।
यो प्रतिबन्ध हटेसँगै प्लटिङ गर्नेहरूका लागि सहज हुने भएको छ ।
घरपरिवारभित्रै पनि अंशबण्डाका लागि कित्ता काट गर्दा स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितका अन्य प्रकियागत झन्झट हटेको छ ।तर, प्लटिङ गरेर खेतियोग्य जमिन नासिने खतरा बढ्ने तथा अनुत्पादक क्षेत्रमा लगानी बढ्ने जोखिम भने बढेको छ ।
Comments are closed.