Nepal's First Video FM

नेसन्स लिग फुटबलमा इटालीको पहिलो जित

42

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित हासिल गरेको छ ।

नेदरल्याण्ड्सको घरेलु मैदानमा गएराति सम्पन्न खेलमा इटालीका लागि पहिलो हाफको इन्जुरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक भयो ।

बरेल्लाले खेलको ४६औँ मिनेटमा हेडमार्फत गोल गरेका हुन् । जीतसँगै लिग समूह १ मा इटाली २ खेलमा एक जित र एक बराबरीसहित ४ अंकका साथ पहिलो स्थानमा उक्किएको छ । समान खेल खेलेको नेदरल्याण्ड्स एक जित र एक हारसहित ३ अंकका साथ दोस्रो स्थानमा छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.