निषेधाज्ञा अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।
निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।
महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरहकारसँग माग गरेको हो ।
यसैगरी उद्योग–व्यवसायहरुको घरभाडा (व्यवसायिक घरभाडा) बन्दाबन्दी अवधिभरको पूर्ण मिनाहाका लागि सरकारले भूमिका खेल्नु पर्ने पनि महासंघले माग गरेको छ ।
यसैगरी ५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बिना धितो सहलियत ऋण दिनु पर्ने, केरुङ नाकामा रोकिएका कन्टेनरहरु छुटाउन पहल गर्नुपर्ने र साना तथा मझौला उद्योगी व्यवसायीहरुसमेतको सहभागितामा समन्वय समिति गठन हुनु पर्ने लगायतका मागहरु महासंघले अघि सारेको छ ।
निषेधाज्ञाका कारण व्यवसायहरु पूर्ण रुपमा बन्द भएको अवस्थामा बैंकको ब्याज भुक्तानी गर्न नसकिने महासंघका अध्यक्ष नरेश कटुवालले बताए । आम्दानी एक रुपैयाँ पनि नभएको अवस्थामा बैंकको ब्याज र व्यवसायको घरभाडा तिर्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष कटुवालले सरकारले मिनाहा गर्नुपर्ने बताए ।
Comments are closed.