Nepal's First Video FM

देशभरको मौसममा सामान्य बदली, यी ५ प्रदेशमा हुँदैछ भारी वर्षा

333

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको छ ।

मौसममा भएको बदलावसँगै अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा हल्का वर्षा भईरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र राति प्रदेश १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

You might also like

Comments are closed.