Nepal's First Video FM

चौतर्फी दबाबपछि रेलमार्गको विवादित ठेक्का रद्द  

524

काठमाडौं- रेल्वे विभागले पूर्व-पश्चिम रेलमार्गको ठेक्का रद्द गरेको छ ।

काँकरभिट्टा-इनरुवा खण्ड निर्माणका लागि आह्वान गरिएको ठेक्कामा निश्चित कम्पनी मात्रै सहभागी हुन पाउने भएपछि अनियमितता भएको भन्दै चर्को विरोध र दबाब भएपछि ठेक्का रद्द गरिएको हो ।

सर्वसाधारणस्तरबाट भएको विरोध र दबाबपछि रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरेको जानकारी दिएका छन् ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ३२ अर्बको ठेक्का आह्वान गरिएको थियो । जसमा १८ वटा कम्पनीले मात्रै सहभागी हुन पाउने सेटिङ मिलाइएको भन्दै विरोध भएको थियो ।

जग्गा अधिग्रहण पनि नगरी रेलमार्गको ठेक्का लगाएपछि मुआब्जाको विषयलाई लिएर सर्वसाधारणले विरोध गरेका थिए ।

You might also like

Comments are closed.