Nepal's First Video FM

लियोनल मेस्सी प्रशिक्षणमा फर्किए

484

एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।

एक सिजन बार्सिलोनामै बस्ने निदोमा पुगेका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी भएका हुन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी नियमित अभ्यासमा फर्केका हुन् ।

यसअघि उनी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् । मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफूले क्लब छाड्ने बताएका थिए । मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।

तर, बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए ।

You might also like

Comments are closed.