काठमाडौँ- फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि फ्रान्स फर्किएका छन् ।
पीएसजीका स्टार नेयमारसहितका खेलाडीमा कोरोना पुष्टि भएको एक साता नबित्दै एम्बाप्पे पनि संक्रमित भएका हुन् ।
एम्बाप्पेमा सोमबार गरिएको परीक्षणमामा कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन् । उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने नदेखिएको बताइएको छ ।
एम्बाप्पेमा कोरोना पुष्टि भएसँगै अब नेसन्स लिगका बाँकी खेल गुमाउने भएका छन् ।
Comments are closed.