काठमाडौं – दैनिक कोरोना संक्रमण बृद्धिमा भारत सबैभन्दा अघि देखिएको छ ।
कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा आइतबार रातिदेखि दुई नम्बरमा पुगेको भारत दैनिक संक्रमण बृद्धिमा भने अमेरिकाभन्दा अघि छ ।
विश्वमै सबैभन्दा बढी संक्रमित भएको अमेरिका भन्दा भारतमा दैनिक बृद्धिदर दोब्बरले बढी हुन थालेको छ । अमेरिका पछिल्ला केही दिनदेखि दैनिक औषत ३० हजार संक्रमित देखिन थालेका छन् भने भारतमा दैनिक बृद्धिदर औषत ८० हजार हाराहारी छ ।
यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
Comments are closed.