Nepal's First Video FM

सुनको मूल्यमा गिरावट, कति छ तोलाको  ?

365

काठमाडौँ- सुनको मूल्यमा गिरावट आएको छ ।

गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनचाँदीको मूल्य घटबड भएको थिएन ।

यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।  चाँदी आज प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.