Nepal's First Video FM

गायिका रेखा जोशीको फेक आइडी खोलेर पैसा माग्ने गरेको प्रमाणसहित मिडियामा,आफ्नै साथीबाट घिनलाग्दो काम!

556

चर्चित गायिका रेखा जोशी आफु फेक आईडीबाट दिक्क भएको बताउछिन ।सुदुरपश्चिमकि देउडा गायिका रेखा जोशीका थुप्रै फेक आईडी बनेको र पछिल्लो चरणमा गलत प्रयोग भैरहेको भन्दै आफु तनाब परेको बताएकि हुन्।

पछिल्लो केहि दिनएता आफ्नो फेक आइडी बनाएर कसैले पैसा उठाईरहेको जानकारी पाएपछि जोशीले सबैमा सावधानी भईदिन आग्रह पनि गरेकी छिन।जोशीको नक्कली फेसबुक आईडी खोलेर पैसा उठाएको खाता नम्बर पठाएको समेत पाईएपछि यस्तो कार्य तत्काल बन्द गर्न उनले जानकारी गरेकी छिन।

जोशीले जो कोहिले पनि सम्बन्धित मान्छेसंग सम्पर्क ,जानकारी नगरी तेसरी पैसा नपठाउन समेत सबैमा आग्रह गरेकी हुन्।साथै यस्तो कार्य तत्काल रोक्न अन्यथा कानुनिपाटोबाट आफु अगाडी बढ्ने उनले बताएकि हुन।उनले मिडियामा आएरै उक्त बिषयको खुलासा गरेकी हुन्।हेरौ यो भिडियो:

You might also like

Comments are closed.