Nepal's First Video FM

नेपालमा कोरोना :  उपत्यकामा ३९६ सहित थप ९०२ संक्रमित, २२८७ डिस्चार्ज

मृतक संख्या ३०६ पुग्यो

390

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९६ सहित ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार २८७ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

 

You might also like

Comments are closed.