काठमाडौँ— भारतीय अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।
प्रहरीले उनकै प्रेमिका रिया चक्रवर्तीलाई पनि सुशान्तको मृत्यु प्रकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ ।
भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एनसीबीले अभिनेता राजपुतको मृत्युमाथि ड्रग्सको सम्बन्ध रहेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।
गत शुक्रबार एनसीबीले रियाका भाइ सोविकसहित ४ जनालाई पक्राउ गरेको थियो । उनले एनसीबीको अघि आफूले ड्रग्स खरिद गर्दै आएको पनि स्वीकारेको समाचारहरुमा बताइएको छ ।
Comments are closed.