Nepal's First Video FM

कांग्रेस महामन्त्री शशांक कोइरालामा पनि कोरोना भाइरसको संक्रमण

21

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कोइरालाले सोमवार ह्याम्स अस्पतालमा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

कोइरालामा देखिएको सामान्य ज्वरो सिटामोल खाएपछि घटेको बताइएको छ । ह्याम्स अस्पतालले कोइरालालाई कोरोना संक्रमण भएकोबारे आधिकारिक जानकारी भने नदिएको सचिवालयले जनाएको छ ।

अस्पतालले रिपोर्ट दिएपछि यसबारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने कोइरालाका सहयोगी भरत तिवारीले बताएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.