Nepal's First Video FM

कर तिर्ने समया थपिएन, निजीक्षेत्रको आग्रह सरकारले सुनेन ।

376

काठमाडौं, भदौ २६ । देशभर लगाइएको निषेधाज्ञा पूर्णरूपमा नहटेका कारण कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारले सम्बोधन नगर्ने देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार भदौ २५ भित्रै कर चुक्ता र विवरण पेश गर्नुपर्ने यसअघिको व्यवस्थामा समयावधि थप नभएको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर निजीक्षेत्रले समयावधि बढाउन आग्रह गरे पनि थप नभएकाले अवधि नाघेपछि कर भुक्तानी गर्न आउनेलाई नियमानुसार जरीवाना लाग्ने बताउँछन् ।

‘निजीक्षेत्रले समय माग गरेको छ । हामीले अर्थलाई जानकारी पनि गरायौं तर मन्त्रालयबाट कुनै निर्णय भएन,’ उनले भने ।

कुँवरका अनुसार अब मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क जुनमा दर्ता भएको हो, त्यसलाई पहिलेकै नियमानुसार विलम्ब शुल्क, ब्याज र जरीवानासहित करदाताले कर चुक्ता गर्नुपर्नेछ । आर्थिक अभियान दैनिकमा खवर छ ।

You might also like

Comments are closed.