Nepal's First Video FM

कोरोना संक्रमणले बढायो आत्महत्या दर

627

कोरोना भाइरसले हालसम्म नेपालमा ३ सय १७ जनाका मृत्यु भएको छ । ५० बढी संक्रमित देखिएका छन् । तर, कोरोनाले भन्दा पनि दैनिक आत्महत्याको दर वृद्धि भइरहेको छ ।

यस्तो अवास्थामा कसैले पनि संक्रमितबाट निको भएर आएको व्यतिmलाई मानसिक तनाव नदिन विज्ञहरुले आग्रह गरेका छन् ।

कोरोना संक्रमणको कहरका कारण मानिसलाई एकातिर रोगको डर छ भने अर्कातिर जीविकाको समस्याले पिरोलेको छ । संक्रमण भएको भन्नेबित्तिकै समाजले गर्ने व्यवहारले पनि मानिसलाई आहत बनाएको छ । यसका कारण अनेक किसिमका मानसिक रोग बढिरहेका छन् ।

एक तथ्यांक अनुसार कोरोना संक्रमण शुरु हुनुभन्दा अघि नेपालमा दैनिक १६ जनाले आत्महत्या गर्थे । कोरोना संक्रमण शुरु भएसँगै यो संख्या बढेर दैनिक १८ देखि २० सम्म पुगेको छ ।

You might also like

Comments are closed.