Nepal's First Video FM

आज थप १४५४ जनामा कोरोना संक्रमण

411

२६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

विभिन्न अस्पताल तथा होम आइसोलेसनमा हाल १४ हजार ९२५ सक्रिय संक्रमित छन्।

You might also like

Comments are closed.