राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारले ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान अन्तर्गत नेपाललाई यही आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति लिएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चालु आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
महामारीबाट बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर परेको भन्दै प्रधानमन्त्री ओलीले महामारीको सामना गर्न आग्रह गर्नु भएको छ ।
Comments are closed.