Nepal's First Video FM

क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संङ्क्रमण

1

काठमाडौं नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

नेपाल एयरलाइन्सका अनुसार आइतबार लामाको रिपोर्ट पोजेटिभ आएपछि उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा बसेका छन् ।

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

क्याप्टेन लामा दुई दिनअघि मात्रै शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका थिए । उनमा संक्रमण पुष्टि भएसँगै उनको कन्ट्याक्टमा रहेकाहरूको पनि परीक्षण गरिने भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.