Nepal's First Video FM

काठमाडौँ उपत्यकामा मात्रै कोरोनाले ८४ को मृत्यु, ६०४४ सक्रिय संक्रमित

334

काठमाडौं– कोरोना भाइरसको संक्रमणले सोमबारसम्म काठमाडौं उपत्यकामा मात्र ८४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारी फैलिए यता संक्रमणकै कारण काठमाडौँमा ६२, भक्तपुरमा १३ र ललितपुरमा ९ जनाको मृत्यु भएको हो ।

यस्तै सोमबारसम्म काठमाडौं उपत्यकका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ६ हजार ४४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती मध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । मन्त्रालयको तथ्यांकका अनुसार काठमाडौंमा मात्र ५ हजार ४४६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै भक्तपुरमा ५०१ जना र ललितपुरमा ४९७ जना सक्रिय संक्रमित छन् ।

तीनै जिल्लामा हालसम्म १२ हजार २५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये काठमाडौंका मात्र १० हजार २८ जना, भक्तपुरका १ हजार ३२ जना र ललितपुरका १ हजार १९० जना रहेका छन् ।

 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.