Nepal's First Video FM

भारतद्वारा प्याज निर्यातमा रोक

0

मूल्यमा अधिक बढोत्तरी भइरहेको उल्लेख गर्दै भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डिजीएफटी)ले एक सूचना जारी गर्दै सबै खालका प्याजहरुको निर्यातमा पूर्ण रुपमा रोक लगाइएको जनाएको हो ।

एक अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेअनुसार भारतमा प्याजको मूल्य बढिरहेको छ, तर घरेलु बजारमा मागअनुसार प्याजको उपलब्धतामा निकै कमी देखिएको छ । यो कमी मौसमी हो, तर कोभिड १९ महामारीको दौरान पछिल्ला केही महिनाहरुमा भारतबाट निकै ठूलो परिमाणमा प्याजको निर्यात भएको समाचार उल्लेख गरिएको छ ।  भारतमा अप्रिलदेखि जूनसम्मको अवधिमा १९।८ करोड अमेरिकी डलर बराबरको प्याज निर्यात भएको देखिएको छ, जबकि गत वर्षको पूरा साल ४४ करोड अमेरिकी डलर मूल्य बराबरको प्याज मात्र निर्यात भएको थियो ।

भारतदेखि बंगलादेश, मलेशिया, यूएई र श्रीलंकामा बढी परिमाणमा प्याज निर्यात गर्ने गरेको छ । नेपाली बजारमा उपलब्ध हुने प्याजमा समेत अधिकांश हिस्सा भारतबाटै आयात हुने गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.