Nepal's First Video FM

द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी पक्राउ मुद्दामा कोरिया प्रहरीको समेत अनुसन्धान !

847

फागुन १४, चर्चित द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कोरिया प्रहरीले पनि अनुसन्धान थालेको छ । स्रोतका अनुसार खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको नाम लिएपछि उनीहरुको विषयमा अनुसन्धान थालिएको हो ।

खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र त्यहाँ एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए ।

सोही आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ती दुई नागरिकको बारेमा कोरियन दूतावासमार्फत कोरिया प्रहरीलाई जानकारी गराएको थियो ।

दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा भाग लिन भन्दै खड्गीसहित त्यहाँ पुगेको १२ जनाको टोली मध्ये दुई जना मात्रै स्वदेश फर्किएको जानकारी गराएको थियो ।

सोही आधारमा खड्गीमाथि अनुसन्धान अघि बढेको थियो, र माघ २५ मा खड्गी ठमेलबाट पक्राउ परेका थिए । बयानका क्रममा खड्गीले आफूले युवालाई विदेश लगेको स्वीकारिसकेका छन् । यद्यपि, उनले त्यसो गर्नु अपराध भएको चाहिँ थाहा नभएको बताएका थिए ।

उनले कोरियन नागरिकसँगै नेपाली नागरिक नेत्रबहादुर रानाको समेत नाम लिएका छन् । सोही आधारमा प्रहरीले अहिले थप छानबिन अघि बढाएको छ । खड्गीलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर ७ दिनलाई म्याद थप गरिएको छ ।
अनलाइन खबरबाट साभार

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.