Nepal's First Video FM

साढे १३ लाख लुटपाट समातिएका पाँचै जनालाई कोरोना पुष्टी

311

महानगरीय प्रहरी वृत्त, बौद्धले चोरी अभियोगमा पक्राउ गरेका ५ जना अभियुक्तलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्नुअघि गरिएको पिसीआर जाँचमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बौद्ध प्रहरीका एक अधिकृतका अनुसार नेपाल मेडिकल कलेजको आइसोलसनमा उनीहरुलाई राखिएको छ । उनीहरुमाथि १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोग छ ।

 

प्रहरीले चोरिएको मध्ये ८ लाख ७ हजार ५ सय रुपैयाँ पनि अभियुक्तहरुबाट बरामद गरेकाे छ । साथै, अढाइ लाख रुपैयाँ मूल्यांकन गरिएको मोटरसाइकल पनि बरामद भएको छ ।

अभियुक्तमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा कम्तिमा २४ जना प्रहरी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।

You might also like

Comments are closed.