Nepal's First Video FM

लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजबाट सुचारु

448

गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजबाट खुलेका छन् । कोरोना सक्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको हो ।

कुनै पनि सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्नेछ । प्रहरीले ठाउँठाउँमा चेक गर्ने व्यवस्था प्रहरीले मिलाएको छ ।

साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने निर्णय सरकारले गरेको हो । साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम हुनुपर्ने छ ।

You might also like

Comments are closed.