असोज १,काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू राष्ट्रिय सभाको गरिमा बढाउन राष्ट्रिय सभामा आएको बताएका छन्।

आजै राष्ट्रिय सभा सदस्य मनोनित वामदेव यस्तो बताएका हुन । बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ ग्रहण गरेपछि मन्तव्य राख्दै गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्ने नेपाल कम्युनिष्ट पार्टी, प्रधानमन्त्री र राष्ट्रपतिलाई आभार व्यक्त गरे।
म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधानबमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु,’ गौतमले भने मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन।’
राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने बताए।
Comments are closed.