Nepal's First Video FM

अभिनेता प्रदीप खड्का निर्देशक दिनेश राउतको फिल्म खेल्ने

610

निर्देशक दिनेश राउतको नयाँ फिल्ममा अभिनेता प्रदीप खड्का अनुबन्धित भएको खबर बाहिरिएको छ ।

सन्तोष सेनले बनाउने भनेको फिल्म ‘हु.तु.तु’ भन्दा अगाडी नै छायांकन हुने अनटाइटल फिल्मका लागि प्रदीपले सम्झौता पत्रमा हस्ताक्षर पनि गरिसकेका छन् रे । उक्त फिल्मका लागि प्रदीपले २० लाख लिएको हल्ला छ ।

प्रदीप खड्का अभिनित फिल्म ‘प्रेम गीत ३’ रिलिज हुन बांँकि नै छ । हुन त सन्तोष सेनले नै निर्माण गर्ने भनेको फिल्म ‘दिपेन्द्र सरकार’मा पनि प्रदीप नै थिए । तर, उक्त फिल्म पनि घोषणामै सिमित भयो ।

यस्तै, सुवास गिरिले कृ पछि निर्माण गर्ने भनेको फिल्म ‘भैरवी’मा पनि नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह र प्रदीप नै अनुबन्धित भएका थिए । तर, ‘भैरवी’को पनि अत्तो पत्तो छैन ।

यस्तै, दिनेश राउतले स्वर्गिय गायक अरुण थापाको बायोपिक बनाउने भनेका थिए । उक्त फिल्ममा पनि प्रदीप नै हुने हल्ला थियो । तर, दिनेशले त्यो फिल्म पछि बनाउने गरि नयाँ फिल्म बनाउने लागेको जानकारी छ । अब नयाँ फिल्म पनि के हुने हो थाहा छैन । किनकि फिल्म निर्माण टिमले फिल्मको आधिकारीक रुपमा घोषणा गरेकै छैनन् ।

You might also like

Comments are closed.