Nepal's First Video FM

आज प्रधानमन्त्रीले देशबासीका नाममा टुँडिखेलबाट सम्बोधन गर्ने

345

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आज असोज ३ गते अर्थात संविधान दिवस २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा शनिबार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।

संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र सुरक्षा निकायका प्रमुखहरु सहभागी हुदैछन् ।

You might also like

Comments are closed.