Nepal's First Video FM

विश्वभर ३ करोड १२ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमण

286

विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख २७ हजार ४८० पुगेको छ । यस्तै एकै दिन थप ३ हजार ८९१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको छ ।

एकै दिन २ लाख ३९ हजार ७५२ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २८ लाख १७ हजार ५४० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।

You might also like

Comments are closed.