कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टसँग प्रतिस्पर्धाका लागि पार्टीको झण्डालाई व्यापारका लागि प्रयोग गर्न रोकेर समाजवादको बहसमा उतार्नुपर्ने बताएका छन्।
गणेशनमान सिंहको स्मृति दिवसका अवसरमा प्रध्यापक बहस चौतारीले आयोजना गरेको भर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले जनतामाझमा समाजवादीको खरो व्याख्या गरेर जानुपर्ने बताए।
उनले पार्टीको लोगो र झण्डालाई व्यापार-व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम बढेको बताए। पौडेलले पार्टीका सबै नेता कार्यकर्ताले समाजवादी आचरण र व्यवहार देखाउनुपर्ने बताए।
Comments are closed.