माघ ११ , आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ का लागि रास्ट्रिय टोलिको घोसणा भएको छ । राष्ट्रिय टोलिको कप्तान पारस खड्का रहेका छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । नेपाली राष्ट्रिय टोलिले फेब्रुवरी ८ देखि १५ सम्म नामिबियामा डिभिजन-२ प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ ।
आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित ३ सदस्यीय छनोट समितिले बिहिबार टोलीको घोषणा गरेका हुन् । टोलिमा नया अनुहार रोहितकुमार पौडेल देख्न्न सकिने छ । घरीलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका रोहितले पहिलो पटक टोलीमा स्थान पाएका हुन् । ओपनिङमा दिलिप नाथ र उपकप्तान ज्ञानेन्द्र मल्ल रहने छन् ।
टोली शनिबार युएईमा अभ्यास खेलका लागि प्रस्थान गर्ने छ । युएईमा नेपालले ३ अभ्यास खेल खेल्दै फेब्रुवरी ४ मा नामिबिया प्रस्थान गर्ने छ ।
रास्ट्रिय टोलीका १४ सदस्यहरु :
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. शक्ति गौचन
४. वसन्त रेग्मी
५. शरद भेषवाकर
६. सोमपाल कामी
७. करन केसी
८. आरिफ शेख
९. सन्दिप लामिछाने
१०. दिपेन्द्र सिंह ऐरी
११. दिलिप नाथ
१२. ललित भण्डारी
१३. अनिल कुमार शाह
१४. रोहित कुमार पौडेल
Comments are closed.