Nepal's First Video FM

भारतीय चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन

273

दक्षिण भारतीय तथा हिन्दी जगतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

७४ वर्षका उनी अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।

एसपी बालासुब्रमण्यमले १९८९ मा सलमान खानकाे ‘मेने प्यार किया’ नामक चलचित्रमा समेत गीत गाएका थिए। उनले गाएका सबै गीत हिट पनि भएको थियो। गायक श्रीपथी पण्डितताराध्युल्ला बालासब्रमन्यमको जन्म सन् १९४६ जुन ४ मा भएको थियो। उनलाई एसपी बाला, एसपीबी र बालु आदि नामले पनि चिनिन्थ्यो।

You might also like

Comments are closed.