Nepal's First Video FM

अन्तत : दुर्गेश थापा ‘ए मेरो हजुर ४’ मा जोडिए !

411

काठमाडौं । कोरोनाको संक्रमणबाट बच्न सरकारले देश लकडाउन गरेपछि अधुरैमा छायांकन रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ मा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापाको प्रवेश भएको छ ।

आइतवार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले उनीसँग गायक र कलाकारको रुपमा सम्झौता गरेका हुन् । लकडाउनका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । केही चलचित्रका निर्माताले असोज १५ गतेबाट छायांकन सुरु गर्ने बताइरहँदा चलचित्र ‘ए मेरो हजुर ४’का निर्माताले भने शुक्रबारदेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेको बताएका छन् ।

गायक थापाको फिल्ममा अभिनयसँगै एक गीतमा आवाज रहने निर्माता थापाले जानकारी दिए । तर, फिल्ममा दुर्गेशले निर्वाह गर्न लागेको भूमिका भने खुलाइएको छैन । कथाको माग अनुसार फिल्ममा उनलाई अनुबन्ध गरेको निर्माता थापाको भनाई छ । दुर्गेशले गाउने गीत केही दिनमा रेकर्डिङ हुनेछ । उनले ‘ए मेरो हजुर ४’ मा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्विर शेयर गर्दै लेखेका छन्, ‘म पनि ‘ए मेरो हजुर ४’ मा जोडिएको खबर सुनाउन पाउँदा निकै खुसी छु । यो प्रोजेक्टमा जोडिने अवसर दिनुभएकोमा सुनिल थापा दाई, झरना थापा दिदी र रामजी लामिछाने दाईप्रति आभारी छु ।

अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको थियो । तर, कोरोना भाइरसका कारण यो संभव हुन सकेन ।

यसै बिच रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता नाजिर हुसेनले अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । उनी अभिनीत फिल्म बक्सअफिसमा सफल हुन् वा असफल, उनको अभिनयको सधैं प्रशंसा हुने गरेको छ । फिल्म ‘होस्टेल रिर्टन्स’ मा मधेशी युवकको भूमिका निर्वाह गरेपछि चर्चामा आएका उनले त्यसयता एक दर्जन बढी फिल्ममा आफ्नो अभिनय कौशल देखाइसकेका छन् ।

उनलाई दर्शकले हिरोभन्दा सहायक चरित्रमा बढी रुचाएका छन् । उनले लिड हिरोको रुपमा अभिनय गरेका ‘गाँठो, राज्जा रानी, कागजपत्र’ ले हलमा पानी समेत भन्न पाएनन् । न त उनको अभिनयको नै उत्ति साह्रो प्रशंसा भयो । पछिल्लो पटक फिल्म ‘वीर विक्रम २’ मा देखिएका उनलाई अहिले फिल्मभन्दा म्यूजिक भिडियो बढी फापेको छ । र, भिडियोमा माग पनि चुलिएको छ ।

पछिल्लो समय अभिनेता हुसेनलाई पैसाको लोभमा संख्यात्मक अभिनयमा जोड दिएको र अभिनयमा विविधता पस्कन नसकेको आरोप लाग्ने गरेको छ । किनकि, उनी अभिनीत पछिल्ला कुनै फिल्म सम्झनलायक छैनन् । भूमिका र अभिनय पनि एकै खालको छ । फिल्म छनोटमा गम्भीर नहुँदा उनीप्रति दर्शकको अपेक्षा पूरा हुन सकेको छैन । जसले गर्दा उनको क्रेज कमजोर भएको छ ।

फिल्म ‘हुतुतु’ साइन गरेर बसेका नाजिरले आफू अभिनेता अनमोल केसीबाट प्रभावित रहेको बताएका छन् । अभिनेत्री स्वस्तिमा खड्काको यूट्युब च्यानलमा संवाद गर्ने क्रममा उनले भनेका छन्, ‘अनमोलले जसरी आफूलाई रिजर्भ राखेको छ र ग्रोथ गर्दै लगेको छ, त्यसबाट म प्रभावित छु ।’ उनले पैसाकै लागि आफूले काम गरेको फिल्म ‘गरुड पुराण’ रहेको पनि खुलाएका छन् ।

You might also like

Comments are closed.