कमल सरगम- काठमान्डौ: ज्योति मगर गायिका मात्रै हैनन् उनि आफुलाई राम्रो संग प्रस्तुत गर्न सक्ने एक कलाले भरिएकी व्यक्ति हुन् भनेर रियलिटी शो ‘डान्सिङ वि द् स्टार्स’ले नै जनाउछ। ज्योतिलाई गालि गरेर कमेन्ट गर्नेहरुको लागि हिजोको उक्त प्रस्तुति राम्रै झापडको रुपमा निहित रहयो।
गायिका ज्योति मगरको प्रस्तुती हेरेर सो कार्यकर्म जज अभिनेत्री गौरी मल्ल देखि दिलिप रायमाझी हुदै आम दर्शकलाइ रूहाउन भ्याएकी छिन। ज्योतिको प्रस्तुति हेरिरहेका जज सबै आफ्नो सिटबाट जुरुक्क उठे,सबैको आँखामा टिलपिल आँसु थियो,सबै निशब्द थिए,सायद ज्योतिको प्रस्तुतिले सबैलाई रूहाउदै थियो। ज्योतिले सबै जर्ज बाट सर्बाधिक अंक प्राप्त गरेकी छिन।
‘ज्योति तपाईलाई हामीले रमाइलो किसिमले नचाएको देखेका थियौं । मैंले कल्पना पनि गरेको थिइँन । तपाईंले यो प्रस्तुती दिनु हुन्छ भनेर’, ज्योतिको प्रस्तुती हेरेपछि गौरीले भनिन्, ‘जो मान्छेले हँसाउन सक्छ, त्यो मान्छेले रुवाउन पनि सक्छ । तपाईं प्रमाणित गरेर दखाउनु भयो ।’
ज्योतिको प्रस्तुतिले सिंगो लोक संगीत क्षेत्र मात्र नभएर सम्पूर्ण नेपालीनै यो समय प्रशंसाले उनलाई बधाई दिन तत्पर छन यति मात्रै हैन ज्योतिले जित्नु पर्छ भन्दै उनलाई भोट माग्ने दर्शकको यो बेला चाप बढेको छ। ज्योतिलाई लालीगुराँस डटकम टिमको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
Comments are closed.