भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने ,कमजोरीमा सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ ।
जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको कार्यक्रममा उनले भने, “एउटा बद्मास ठेकेदारले बाटो बनाउँदैन तर दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा लगाउने ?”
ठेकेदारले समयमा काम नगर्दा सरकार आलोचित हुनुपरेको, अब सरकारले कसैलाई पनि छुट दिन नसक्ने बताए ।
यसै बिच प्रधानमन्त्रीको रुचि रेल र पानीजहाज मन्त्रालय छुट्टै बनाउँ रहेको छ, रेल र पानीजहाजको महत्त्वाकांक्षी योजना सुनाएर नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै मन्त्रालय बनाउने तयारी गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई टुक्रयाएर भौतिक अलग्गै, यातायात, रेल्वे, पानीजहाज र नदी नियन्त्रण छुट्टै मन्त्रालय बनाउने तयारी गरेको एक स्थायी कमिटी सदस्य दाबी गर्छन् । संविधानमा मन्त्रालयको संख्या २५ भन्दा बढी नबढाउन नमिल्ने बाध्यकारी प्रावधान छ । अहिले १९ वटा पूर्ण र ३ वटा राज्यमन्त्री छन् ।
अर्थमन्त्री युवराज खतिवडा बहिर्गमित भएकाले प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । सहरी विकास भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सम्हालिरहेका छन् । सूचना तथा सञ्चारमन्त्री पनि प्रधानमन्त्रीकै भागमा छ ।
तीबाहेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग-अलग बनाउने कुरा पनि चलिरहेको छ । मौजुदा मन्त्रालयमा कृषि तथा पशुपन्छी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय टुक्रयाउन मिल्नेछन् ।
यीमध्ये केही मन्त्रालय टुक्र्याएर २५ वटै बनाउने र आकांक्षीहरूलाई जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ । बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ । आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठकले मन्त्रालय टुक्र्याउने सम्भावना रहेको स्रोतको दाबी छ ।
Comments are closed.