Nepal's First Video FM

बाबुराम भट्टराई भन्नछन : बलात्कारीलाई मृततु दण्डको व्यवस्था गरौं

544

काठमाडौं, १२ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सार्नुभएकाे छ ।

गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी रहेको उहाँकाे भनाइ छ । कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको दुई वर्ष वितिसक्दा पनि अपराधी पत्ता लागेको छैन ।

भट्टराईले ट्वीटरमार्फत बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बताउनुभएकाे हाे ।

नेता भट्टराईले राजतन्त्रकालका नमिता – सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भइसकेकाे समेत बताउनुभएकाे छ ।

भट्टराईले ट्वीटरमा लेख्नुभएकाे छ- ’राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो ।अब यसो गरौंस – १. अपराधी नपक्रनेरमुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाईकारबाहीस २. अदालतमा छुट्टै बेन्चको स्थापनास ३. अपराधीलाई मृत्युदण्ड!’

You might also like

Comments are closed.