काठमाडौं, १२ असाेज । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ।

३ मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ।
संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्।
अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी बनेको छ।
अहिले २१ वटा मन्त्रालय छन्, अब २४ हुनेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २५ मन्त्रालय बनाउने गरी दुई अध्यक्षबीच समझदारी बनेको स्रोतको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
यो पनी .. नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काले चलाएको गाडीले कि,चेर जेब्राक्रसिङमा बाटो काटिरहेकी एक महिलाको मृत्यु भएको छ । पूर्वमन्त्री खडकाले असोज ७ गते जेब्राकसिङमा ठक्कर दिएको हो ।
प्रहरीका अनुसार असोज ७ गते खड्काले चलाएको गाडीले कि,च्दा मिहलाको मृत्यु भए पनि उनीसँगै गाडीले ठक्कर दिएका उनको श्रीमान भने घाइते भएका थिए ।काठमाडौँ महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाई ठक्कर दिएर कुल्चिएको कार्कीका आफन्त समेत रहेका अनेरास्ववियूका नेता किरण देउजाले जानकारी दिनुभयो ।
खड्काको गाडीले किचिएकी अनुपाको सोही दिन दिउँसो २ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको थियो । पूर्वमन्त्री खड्काले जेब्राक्रसिङमा मान्छे कि,चेर भागेका थिए ।प्रत्यक्षदर्शीले कि,चिएका मानिसको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेका थिए तर अनुपालाई जोगाउन सकिएन । खडकाले घाइतेको उद्धार गरेको भए बचाउन सकिने अवस्था रहे पनि ठक्कर दिएर गम्भीर अवस्थामा छाडी भागेको परिवारको भनाई छ ।
मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्धमा घाइते अवस्थामा रहेका उहाँका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिनुभएको छ ।
Comments are closed.