Nepal's First Video FM

एनसीबीको सोधपुछका क्रममा डराइन् दीपिका, जफत गरियो दीपिकासहित तीन अभिनेत्रीको फोन

377

नायिका दीपिका पादुकोणले केही दिनयता कानुनी झमेला भोगिरहेकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न परिस्थितीले उनलाई कानुनी घेरामा ल्याएको हो ।

शनिबार बलिउडका केही नायिकासँग भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले बयान लियो । बयानका क्रममा नायिका साराअली खान, रकुल प्रित सिंह र श्रद्धा कपुरले आफ्नो अडान स्पष्ट रुपमा राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुले ड्रग्स सेवन नगरेको अडान राखेका थिए ।

तर, नायिका दीपिका पादुकोण पनि स्पष्ट अडानमा उभिन नसकेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार, दीपिकाको बयान बारम्बार बदलिएको थियो । उनी, बयानका क्रममा रोकिएकी समेत दिइन् ।

यसै बिच भारतको लागुऔषध नियन्त्रण एनसिबी(एनसिबी)ले बलिउड अभिनेत्री दीपिका पादुकोणसहित तीन बलिउड अभिनेत्रीको फोन जफत गरेको छ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युमा लागु पदार्थको पाटोको अनुसन्धान गरिरहेको एनसिबीबाट पक्राउ गरिएकी सिंहकी प्रेमिका रिया चक्रवर्तीले बयानका क्रममा अन्य अभिनेत्रीहरूको नाम लिएपछि दीपिका लगायतका अभिनेत्री लागु औषधको प्रयोग तथा खरिद लगायतका विषयमा तानिएका हुन्।

हाल रिया र उनका भाइ हिरासतमा छन्।एनसिबीले लागुपदार्थको प्रयोग र खरिद गरेको तथा सोका कारोबारीसँग सम्पर्क रहेको आशंकामा उनीहरूसँग सोधपुछ गरिरहेको छ। शनिबार सारा, दीपिका र श्रद्धासँग एनसिबीले घण्टौं बयान लिएको थियो। उनीहरू अघि बयान लिइएका राकुलप्रीत, सिमोन खम्बाटा र जया शाहाको फोन पनि एनसिबीले जफत गरिसकेको छ।

त्यस्तै एनसिबीले करण जोहरको फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनका कार्यकारी निर्माता क्षितिज रवि प्रसादलाई पक्राउ गरेको छ। एनसिबीले यस प्रकरणमा हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ।

एनसिबीले दीपिकालाई कोलाबाको एक गेस्ट हाउसमा सोधपुछ गरेको थियो भने सारा अलि खान र श्रद्धा कपुरलाई एनसिबीको बलाडस्थित क्षेत्रिय कार्यालयमा सोधपुछ गरेको थियो। बयान दिन श्रद्धा एनसिबी कार्यालय करिब १२ बजे पुगेकी थिइन् भने सारा १ बजे पुगेकी थिइन्।

१२ बजे बयानका लागि पुगेकी सारा ६ घण्टापछि त्यहाँबाट बाहिरिएकी थिइन भने सारा ५.३० बजे बाहिरिएकी थिइन्। सुशान्तको मृत्यु प्रकरणमा भइरहेको अनुसन्धानले बलिउड कलाकारको लागुपदार्थको खरिद, प्रयोग तथा ओसारपसारसँग जोडिएका च्याटहरू भेट्टाएको छ।

You might also like

Comments are closed.