मोरङका एक कोरानासंक्रमित पुरुषको मंगलबार उपचारको क्रममा मृत्यु भएको छ । सुनवर्शी–७ का ६८ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा आइसीयूमा उपचाररत ती पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा रेफर गरिएको थियो ।
गत असोज ५ गते संक्रमण पुष्टि भएका उनलाई जोरी, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि गत १० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा मंगलबार बिहान ३ बजे निधन भएको हो । उनलाई उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलाको दीर्घकालिन समस्या रहेको थियो ।
Comments are closed.