टोकियो । २ दशक देखि जापान रहँदै ,केहि वर्षयता जापानी रेष्टुरेन्ट सन्चालन गर्दै आएका केशव अधिकारिले ५ कोरोड रुपैँया लगानीमा नयाँ रेस्टुरेन्ट – चौतारो सुरु गरेका छन् ।

भोलि जुन १५ तारिखदेखी औपचारिकरुपमा सुरु हुने रेष्टुरेन्ट टोकियोको कामाता स्टेसनबाट ३ मिनेट पैदल हिँडेपछी पुग्न सकिन्छ। दैनिक १०० जना भन्दा बढि जापानी लाइ नेपाली खाना खुवाउने र नेपालको पर्यटनमा सहयोग पुगोस भन्ने हेतुले हिमाल, पहाड, नेपालका चर्चित ठाँउहरु,विभिन्न मन्दिरहरुको सजावट र चित्राङ्कनको गरिएको छ । रेस्टुरेन्टमा छिर्दा, नेपालको संग्राहलय जस्तो आभास हुन्छ । रेस्टुरेन्टमा नेपाली कला सँस्कृति झल्कने बिभिन्न तस्बिरहरुको अवलोकन गर्दै खाना र नास्ताको सेवा लिन सकिनेछ। रेष्टुरेण्ट भित्रै बनाईएको चौतारिमा बसेर फोटो खिच्ने सुविधा समेत रहेको छ।
नेपालका पुरातात्विक सम्पदा, गाँउघरको चौतारी, लेकबेसीका पोस्टरले ग्राहकलाई आकर्षित गर्ने उनको विश्वास रहेको छ। पारिवारिक भेटघाट, बैठक, विवाह, व्रतबन्ध,पास्नी, बेबी सावर, वार्षिकोत्सव तथा जन्मदिनका पार्टिहरु मनाउन परेमा बाहिर कतै जानु नपर्ने व्यवस्था पनि रहेको छ ।
सम्पूर्ण खानाका सेटहरु टिपिकल नेपाली स्वादमा पाइनेछ। रेस्टुरेन्ट भित्र क्यबिन सहित २ सय ५० जना अट्न सक्ने क्षमता रहेको छ। यो जापानमा नेपालीहरु द्वारा संचालित रेष्टुरेन्टहरु मध्ये सबैभन्दा ठुलो क्षमता भएको उनको दाबि रहेको छ। दैनिक उपभोग्य खाध्य सामाग्री खरिद गर्न चाहने ग्राहक हरुको निम्ती हलाल फुडको समेत व्यवस्था रहनेछ।
सुभाराम्भको अवसरमा नेपालीहरुको लागि नि:शुल्क रेमिटेन्स सुबिधा, भिषा सम्बन्धि समस्या समाधानको निम्ति वकिलसंग परामर्श सेवा, फुदोसान लगायतको सेवा पनि उपलब्ध गराउने संचालक अधिकारीले जानकारी दिए। मासिक १ करोड बराबरको कारोबार गर्ने उनको लक्ष्य रहेको छ । चौतारोको अर्थ छहारी दिने भएको हुनाले एउटै छाना मुनी बिभिन्न नेपाली परिकारहरुको स्वादसहित नेपाली कला, सस्कृति र नेपालीको समस्यालाइ समाधान गर्नको निम्ति यसरी नामाकारण गरिएको हो ।
नेपालको धादिङमा जन्मिएका अधिकारी लामो समयदेखी जापानमा व्यावसायसंगै सामाजिक काममा समेत सक्रिय रहदै आएका छन् । व्यवसायसंगै कर्पोरेट सोसियल रेस्पोन्स पुरा गर्न पनि सँधै अग्रसर अधिकारीले विश्वभरि फैलिएको कोरोना भाइरसलाइ नियन्त्रणमा सहयोग पुर्याउनका लागि एनआरएनए कोरोना कोषमा ठूलो धनराशी जम्मा गराएका थिए ।
Comments are closed.