Nepal's First Video FM

चलचित्र ‘मदहोश’को गीत ‘सुन ए गगन’ सार्वजनिक (भिडियो)

479

काठमाडौँ – शंकर अधिकारी ‘घायल’को निर्देशनमा रहेको चलचित्र ‘मदहोश’को गीत सार्वजनिक भएको छ । ‘सुन ए गगन’ बोलको उक्त गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।

नित्यशिभा र बाबुल घिमिरेको स्वर रहेको उक्त गीतमा दीपेन्द्र कोइराला र प्रियंका अधिकारीको अभिनय रहेको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द रहेको छ भने नृत्य निर्देशन राजु शाहले गरेका छन् ।

डि.एस. डिजिटल सिनेमाको ब्यानरमा बनेको फिल्मको गीतमा बाबुल घिमिरेको संगीत र विश्वास भण्डारीको सम्पादन रहेको छ ।

गीत हेर्नुहोस्

यस्तै गायक शाश्वत खड्का कलेज जाँदा, आउँदा बतासको स्पर्शले लठ्ठिए। रूखका पात हल्लाउने बिहानी हावाको झोंकाले उनको मन पनि पात झैं झुल्न थाल्यो।

वरिपरिका हल्का चिजवस्तु उडेको देखेर बतासको बहावसँगै उनको मन उड्न थाल्यो। यो दुई वर्षअघिको कुरा हो। त्यसबेला उनी प्लस-टुका विद्यार्थी थिए।

हाल सामाजिक सञ्जालमा चर्चा कमाइरहेको ‘बतास’ गीत शाश्वतले यस्तै मौसममा फुराएका हुन्।उनकै शब्द, स्वर र संगीतमा तयार भएको बतासबारे शाश्वत भन्छन्, ‘त्यो बतास निकै शितल थियो। बताससँगै गुन्गुनाउन थालेँ। घर पुग्नेबित्तिकै कापीमा मनको भाव उतारेँ।’

गीतको पहिलो हरफ त्यही बेला तयार भयो। त्यसपछिका शब्द थप्न भने उनलाई केही समय लाग्यो। शाश्वत ‘बतास’ लाई धुनमा ढालेर गीत बनाउन चाहन्थे। यसका लागि कथाको ‘प्लट’ बुन्न थाले।

एउटा लजालु केटा छ। ऊ एउटी केटीलाई मन पराउँछ तर भन्न सक्दैन। केटाले मनमनै सोच्न थाल्छ- संसारको सबै जनालाई हावाले उडाएर लगोस् अनि यो संसारमा ती केटी र म मात्र बाँकी रहूँ।

You might also like

Comments are closed.