Nepal's First Video FM

डा. साप्, जीवन रहे अरु चिज गरौँला:गायक अमृत गुरुङले अनसनरत डा. केसीलाई यस्तो भने

449

उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम कोरोना संक्रमणको नियमित ब्रिफिङ गराउँदै थिए, ‘पछिल्लो २४ घण्टामा १५ सय १३ जनामा कोरोना पुष्टि भएको छ र असोज १३ सम्म देशभर ७६ हजार २५८ जना कोरोना संक्रमित भएका छन्।’

यता नेपथ्यका नाइके गायक अमृत गुरुङ त्रिवि शिक्षण अस्पतालको आकस्मिक विभागमा पुगेका थिए, १६ दिनदेखि अनसनरत डा. गोबिन्द केसीको हाल सोध्न। आफू डा. केसीको साथमा रहेको बताउँदै गुरुङले ट्वीटरमा लेखेका थिए, ‘सरकार हजूर, डा. केसीका के माग देश र जनता विरोधी छन ? कि स्पष्ट पारिदिनु पर्यो, नत्र मानिदिनु पर्‍यो।’

डा. केसी चिकित्सा शिक्षाको सुधारको माग गर्दै १९ औँ पटकको सत्याग्रहमा बसिरहेका छन्। कोरोना महामारीले देशलाई थिलथिलो बनाइरहेको बेलामा उनी अनसन बसेको १६ औँ दिन कटिसकेको छ। उनको माग पूरा गर्नुपर्छ भनेर सडकमा विरोध हुन थालेको छ।

आजको भेटमा उनले डाक्टर केसीलाई परबाट नियाले, उनको ज्यान ठूलो कुरा हो भने। कोरोना संक्रमण नहोस् भनेर बारिएको घेरा बाहिर अमृत बसे। मनलाई त हात समातेरै कृतज्ञता प्रकट गर्ने र जीवनरक्षा गर्नुहोस् भनेर आग्रह गर्ने इच्छा थियो, तर कोरोनाले दूरी बनाइदियो। अरुबेला जस्तो छुन पाएनन्। ‘मन थोरै खिन्न भयो,’ उनले भने, ‘सबैलाई छोइँदैन, सबैलाई भनिदैन।’

You might also like

Comments are closed.