Nepal's First Video FM

नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ५०० नाघ्यो,आज मात्र ११ को जनाले ज्यान गुमाए !!

324

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना संक्रमित थपिएका हुन्। हिजो बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका थिए भने अस्ति ९३४ जनामा संक्रमण पुष्टि भएको थियो।

विगत २४ घन्टामा काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन् ।

You might also like

Comments are closed.