काठमाडौं । नेकपाले कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ, जसले उनलाई ३१ महिनापछि सक्रिय राजनीतिमा फर्किन ढोका खोल्नेछ।
संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोप लागेपछि महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिए। असोज १९ गते उनलाई प्रहरीले सभामुख निवासबाटै पक्राउ ग¥यो।
सभामुखमा नियुक्त भएको ३१ महिना र राजीनामा दिएको झण्डै एक वर्षपछि महराका लागि सक्रिय राजनीतिको ढोका खुल्ने भएको हो।
४५ सदस्यीय नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रिक्त छ। त्यसैले महरालाई स्थायी समिति सदस्य बनाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ।
नेकपाको असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका बाँकी काम सक्ने कार्ययोजना ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई निर्देशन दिएको थियो।
‘महराजीलाई स्थायी समितिमा ल्याउने तयारी छ, संगठनात्मक प्रस्तावको प्याकेजमै निर्णय गर्दा त्यसबारे पनि निर्णय हुनेछ
अब बस्ने सचिवालय बैठकले यो निर्णय गर्नसक्ने छ। नेपालखबर बाट सभार
Comments are closed.