माघ ११ , इङ्ग्लिस लिग कप अन्तर्गतको दोस्रो सेमिफानल खेलमा आर्सनलले चेल्सीलाई हराउदै फाइनलको यात्रा तय गरेको छ । पहिलो लेगमा गोल रहित बराबरी मा टुंगिएको खेल दोस्रो लेगमा भने आर्सनले चेल्सीलाई २-१ ले पराजित गरेको छ ।चेल्सीका लागि एडेन हाजार्डले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि आर्सनलले खेल पुरै उल्टाउन सफल भएको हो । खेलको १२ औं मिनेटमा डिफेन्डर नाचो मोनरियालको हेडर चेल्सीका एन्टोनिओ रुडिगरलाई लागेर पोस्टको दिशा लिएपछि खेल बराबरीमा पुगेको थियो ।त्यस्तै दोस्रो हाफमा आर्सनलले एक गोल थप्दै जित सुनिश्चित गरेको थियो । एलेक्जान्डर लाकाजेटको डिफ्लेक्ट भएको पास मिडफिल्डर ग्रानिट जाकाले गोलमा परिणत गर्दै चेल्सीलाई निराश बनाएका थिए ।
पहिलो सेमिफाइनल खेलमा भने लिग लिडर म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई ३-२ ले पराजित गरेको थियो । सिटीले ब्रिस्टोललाई ३-२ ले हराउँदा उसका लेरोय साने, सर्जियो अगुएरो र केभिन डे ब्रुयनले गोल गरेका थिए ।
Comments are closed.