स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३४ को पीसीआर परीक्षण गरिएको र तीमध्ये २७ सय २२ मा कोरोना संक्रमण देखिएको जनाएका हुन् ।
यससँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ पुगेको छ ।
संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र १६ सय ३८ जना रहेका छन् ।
काठमाडौँ जिल्लामा १२ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा कोरोना संक्रमण देखिएको हो ।
Comments are closed.