Nepal's First Video FM

रौतहटमा घाँस काट्न गएकी बालिकाको बलात्कारपछि हत्या , उखुबारीमा शव भेटियो

750

रौतहटमा शुक्रबार घाँस काट्न खेतमा गएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बालिकाको शव प्रहरीले आज उठाएको छ।

प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको प्रहरी टोलीले बालिका शव खोजी गर्दै जाँदा नजिकैको उँखुबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दियाे । लत्कारमा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ईलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गत भदौ १४ मा जिल्लाको गढीमाई नगरपालिका, मुसहरी टोलका स्थानीय सकल बैठाकी श्रीमती मिन्त्रादेवी बैठाको पनि घाँस काट्न जाँदा उखुबारीमै हत्या भएको थियो । बिहान घाँस काट्न खेत गएकी मिन्त्रादेवी साँझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ ।

गत असोज ९ को राति देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँका स्थानीय महेश तिवारीका दम्पतीमाथि आक्रमण हुँदा महेशकी श्रीमती जगरामी देवीको मृत्यु भएको थियो । देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । प्रजित र सोनालाल दाजुभाइ हुन् ।

यस्तै असोज १४ मा प्रहरी हिरासतमा एक जना महिलाको मृत्यु भएको थियो । जिल्लाको गुजरा नगरपालिका-२ कटानी बजारकी राधिका राउत बिहीबार बिहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी थिइन् ।

एक युवकसँग अनैतिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान् सुमन राउतले वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । जिल्लामा महिला हत्याको एकपछि अर्को घटना बढ्दै जाँदा स्थानीयस्तरमा त्रास बढेको छ ।

You might also like

Comments are closed.