काठमाडौं, असोज । नायक पुष्प खड्का यतिवेला म्युजिक भिडियोमा व्यस्त छन् । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि मोक्तान पनि म्युजिक भिडियो तथा डान्सिङ रियालिटि शो मा ब्यस्त छिन् । यी दुबै नायक/नायिकाले पहिलोपटक एक म्युजिक भिडिओमा सँगै काम गरेका छन् ।
नायक खड्का र नायिका मोक्तानको अभिनय रहेको ‘मोटीघाटी माया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत मेलिना राई र कोशिश क्षेत्रीले गाएका हुन् । सार्वजनिक भिडियोको सुरुमा सुमिको एक्सनलाइ देखाइएको छ ।
गीतमा कोशिस क्षेत्रीको कम्पोज लेखु सहयात्री शब्द र उदयराज पौडेलको एरेन्ज रहेको छ । त्यस्तै भिडियोको छायाँकन भने उत्तम हुमागाँर्इले गरेका हुन भने रमेश थापाको सम्पादन । भिडिओमा सुरेन्द्र बस्यालको कोरियोग्राफी र हरि हुमागाइको निर्देशन रहेको छ ।
पछिल्लोपटक पुष्प अभिनित फिल्म मारुनी हो । त्यसैगरि सुमि फिल्म सरौँतोमा देखा परेकी थिईन् ।
यस्तै निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र चाडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा आफूहरु नभएको बताएका छन् ।
मिडियासँग कुरा गर्दै दीपकले भने–‘गाउँघरतिर एउटा उखान छ, ताप्के पहिला तात्ने कि बीड पहिलो तात्ने । ताप्के मात्र तातेर हुँदैन । चलचित्रको लागि नै पहिला माहोल राम्रो बन्नुपर्छ । चलचित्र भनेको मनोरञ्जन हो । यो मानिसका आधारभुत आवश्यकता पुरा भएपछि मात्र जोडिने कुरा हो । कोभिडका कारण जनजीवन अस्तव्यस्त भएको समयमा मानिसलाई अहिले नै चलचित्र हेर्न हतार छैन । यसैले, यसमा हतार गर्नुपर्छ भन्ने सोचमा हामी छैनौ ।’
कोरोना संक्रमितको संख्या झनै बढ्दै गएकाले पनि चलचित्र चलाउन निर्माता आतिहाल्न नहुने दीपकको तर्क छ । यसैले, आफूहरु फटाफट चलचित्र बनाउनुपर्छ भन्ने पक्षमा नभएको दीपकको भनाई छ ।
सरकारले लकडाउन अन्त्य गरेसँगै चलचित्र विकास बोर्डमा मात्र १८ वटा चलचित्रले निर्माणको इजाजत लिइसकेका छन् । केही चलचित्रका निर्माताहरुले मिडियाको मार्फत चलचित्र निर्माणको घोषणा गरिसकेका छन् । सरकारले अनुमति दिएसँगै छायांकन सुरु गर्ने योजना उनीहरुको छ । तर, दीपक–दीपाको टिमले तत्काल चलचित्र बनाइहाल्ने सोच नबनाएको बताएको छ ।
Comments are closed.